+
+
Shares

मौलिक भेषभूषामा किरात समुदायले मनाए उधौली (तस्वीरहरू)

ललितपुर महानगरपालिका-१४ नखिपोटमा किरात राई यायोक्खा समुदायले साकेला सिली नाच्दै उत्साहका साथ उधौली चाड मनाएका हुन् ।

आर्यन धिमाल आर्यन धिमाल
२०८१ मंसिर ३० गते १८:३५

३० मंसिर, ललितपुर। किरात समुदायले उधौली चाड हर्षोल्लासका साथ मनाएका छन् ।

ललितपुर महानगरपालिका-१४ नखिपोटमा किरात राई यायोक्खा समुदायले साकेला सिली नाच्दै उत्साहका साथ उधौली चाड मनाएका हुन् । यस चाडको उपलक्ष्यमा किरात राई यायोक्खा, ललितपुर जिल्ला कार्यसमितिले सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो ।

किराँत समुदायका युवतीहरू आफ्नो मौलिक भेषभूषा र गहनामा सजिनाका साथै युवाहरू दौरासुरुवाल र टोपीमा सजिएर ढोल र झ्याम्टा बोकेर साकेला नाच्दा माहोल उल्लासमय देखिन्थ्यो । उभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो गरेकामा साकेला (भूमे)लाई धन्यवाद दिने गरिन्छ ।

समितिका अध्यक्ष भूपेन्द्र पुमा राईले भने, ‘आजका दिन प्रकृतिले राम्रो साथ दियो भन्ने अर्थमा प्रकृतिलाई पूजा गरिन्छ र धन्यवाद दिइन्छ । उभौलीमा अन्न बाली छरिन्छ, रोपिन्छ । त्यो उधौलीमा उठाइन्छ र पितृ पुर्खालाई चढाउने काम हुन्छ।’

हरेक वर्षको मङ्सिर पूर्णिमाका दिन मनाइने उधौली चाडलाई किराँत समुदायमा फरक-फरक नाम दिए पनि समग्रमा उधौलीको नामले चिनिन्छ ।

भूमिपूजा गरेर किरात महिला तथा पुरुष आफ्नो मौलिक वेशभूषामा सजिएर साकेला सिली नाच्ने गर्दछन्। ‘ललितपुरको हात्तीवनमा पितृपूजा गरेर यहाँ नखिपोटमा साकेली सिली नाच्छौँ। साकेला सिलीमा हाम्रो पुर्खाहरूले ढुङ्गेयुगदेखि आजसम्म के–के गरे सबै देखाइन्छ। विभिन्न खानपीनसहित चाड मनाइन्छ।’

हेर्नुहोस् तस्वीरहरू :

 

 

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?