 
																			६ पुस, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक बोलाउन माग गरेको छ । माओवादी सांसदहरूले समितिका सचिव एकराम गिरीलाई भेटेरै बैठक बोलाउन माग गरेका हुन् ।
‘समितिका सचिवलाई भेटेर बैठक कहिले राख्नुहुन्छ भनेर चासो राखेका थियौं । त्यस्तो तयारी भएको पाइएको छैन’ माओवादी सांसद अमनलाल मोदीले भने । लेखा समितिकै सदस्य मोदी थप्छन्, ‘बैठक सभापतिले राख्ने हो ।’
लेखा समितिमा छलफलका धेरै विषय रहेको उनले बताए । उनी भन्छन्, ‘समस्याहरू, सरोकारको विषयहरू, राष्ट्रिय सरोकारको विषय छन् । उहाँको बारेमै पनि कतिपयले प्रश्न उठेको छ ।’
संसदको सार्वजनिक लेखा समितिको नेतृृत्व प्रमुख प्रतिपक्षको भएको तर यसतर्फ सरकारको नेतृत्वकर्ता दल एमालेले गम्भीर रूपमा ध्यान नदिएको उनले बताए ।
उनी थप्छन्, ‘लेखा समिति प्रतिपक्षलाई दिनुपर्ने हो । आफैं सरकारको नेतृत्वमा रहने आफैंले लेखा समितिको सभापति लिइराख्ने यो संसदीय इतिहासमै मजाक हो ।’
विगतमा माओवादी केन्द्र सरकारमा रहनासाथ लेखासमितिको सभापति नछाडेको प्रसंग उल्लेख गर्दा मोदीले विगतमा कमिकमजोरीको समीक्षा गर्नुपर्ने र त्यसलाई सच्याएर अगाडि बढ्नुपर्ने बताउँछन् । ‘विगतमा गल्ती भएको थियो त्यसकारण फेरि गल्ती गर्न पाउनुपर्छ भन्ने होइन । गल्ती, कमजोरी त सुधार गरेर जाने हो नि,’ उनले भने ।
 
                









 
                                     
                                 
                             
                                 
                 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4