+
+

माओवादी बैठक : प्रचण्डको प्रतिवेदनमाथि ८० जनाले बोले, एक सय बाँकी

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २२ गते १९:०४

२२ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवदेदनमाथि ८० जनाले आफ्नो धारणा राखेका छन् ।

प्रचण्डले आइतबार केन्द्रीय समितिको बैठकमा ३० पृष्ठको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यसमाथि बोल्ने भनेर १८० जनाले नाम टिपाएका थिए । त्यसमध्ये सोमबार ८० जनाले आफ्नो धारणा राखेका हुन् ।

पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले बाँकीले मंगलबार बोल्ने र प्रतिवेदनउपर बोल्ने क्रम सकिएपछि प्रचण्डले जवाफ दिने जानकारी दिए । उनका अनुसार त्यसपछि आगामी कार्य योजना पास गर्दै र कार्य विभाजनलगायत विषयमा निर्णय गर्दै माओवादीको केन्द्रीय समितिको बैठक सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?