+
+

ऋचा शर्मा अभिनित ‘सारंग’को टिजरमा पारिवारिक कलहको कथा

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २५ गते १८:२३

काठमाडौं । प्रशान्त तामाङ निर्देशित फिल्म ‘सारंग’को टिजर सार्वजनिक भएको छ । टिजरमा बाबुआमाको मतभेदले बच्चामा पर्ने असर, साथी-साथीबीचको प्रेम र समर्पणको विषय प्रस्तुत गरिएको छ ।

टिजरमा सहरी जीवनशैली र सम्बन्धलाई दर्शाइएको छ । नृत्य निर्देशक समेत रहेका तामाङ स्वयम्को पटकथा रहेको फिल्ममा ऋचा शर्मा, उत्पल झा, समीरमणी दीक्षित, सुरज तमु, मणि के राई, अनिशा न्यौपाने, नीरज ब्ल्याक, विश्व स्याङ्बो, दिपिका थापा, सुमनसागरजंग केसी, प्रभात श्रेष्ठ, सम्राट थापा र आदित्य कार्कीको अभिनय छ ।

निर्देशक तामाङले फिल्ममा बालमनोविज्ञान, बालअधिकार, धनी गरिब परिवारबीचको खाडलको कथा देखाइएको जनाएका छन् । दर्शन बुद्ध फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको निर्मातामा प्रेम तामाङ र फूलमाया तामाङ छन् ।

पुष्पा लिम्बु र बिनु गुरुङ सह-निर्माता रहेको फिल्मका गीतमा शंकर थापा ‘स्माइल’ र नकुल कार्कीको संगीत, डिपी खनालको गीत र सुष्मा राईको नृत्य निर्देशन छ । छायांकार गोपाल राय र सम्पादक मित्र डी गुरुङ हुन् । स्टेसन फाइभले फिल्म वितरण गर्नेछ । ‘सारंग’को प्रदर्शन २५ माघदेखि देशब्यापी हुुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?