+
+
Shares

२० बर्षपछि श्यामको हिरो बन्ने सपना पुरा

अनलाइनखबर अनलाइनखबर
२०७० माघ १४ गते १०:४४

shyam-aryal

अनलाइनखबरसँग कुरा गर्दै कलाकार श्याम अर्यालले आफ्नो हिरो बन्ने सपना पुरा भएको बताए । हिरो बन्ने सपना देखेका उनले केही सिनेमामा सह-नायकको रुपमा अभिनय पनि गरेका छन् । तर ठ्याक्कै उनको करिअरलाई नै एउटा उचाई दिने खालको भूमिका भने माघ १७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘प्रोड्यूसर’ले दिएको छ ।

२० बर्ष भयो उनले चलचित्रको पर्दामा हिरो बन्ने सपना देखेको । हिरो बन्ने सपना देख्दा देख्दै उनले थुप्रै नायकहरुको समाचार लेखे, भने अनि पढे । चलचित्र ‘प्रोड्यूसर’मा पनि उनी एक हिरोकै रोलमा देखिएका छन् । श्यामले चलचित्र भित्र पनि आफू हिरोकै भूमिकामा देखिनुलाई संयोग मात्र भनेका छन् ।

चलचित्रका निर्देशक जनकदिप पराजुलीसँग केही म्यूजिक भिडियो गरेकाले श्यामलाई यो अवसर मिलेको हो । धैर्य गरियो भने पक्कै पनि सफल भइन्छ भन्ने उदाहरण पेश गरेका छन् श्यामले ।

२० बर्षसम्म म्यूजिक भिडियो, टेलिभिजन, रेडियो कार्यक्रम संचालक तथा नाटकमै अभिनय गरेर श्यामले हिरो बन्ने सपना पालिरहेका थिए । अहिले श्यामले अभिनय गरेको यो सिनेमाको चर्चा बजारमा चुलिएको छ ।

माघ १७ गतेबाट प्रदर्शनमा आउन लागेको यो सिनेमाले श्यामको हिरो बन्ने सपना त पुरा गरिदियो तर नायकको रुपमा स्थापित हुने उनको चाहना भने चलचित्रको व्यापारले मात्र प्रष्ट पार्नेछ । तर पनि कमेडी बिषयलाई रोचक तबरले उठाइएकाले श्याम सिनेमा चल्नेमा ढुक्क छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?