+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

कांग्रेस-एमाले बाहेकका दलहरू सडकमा आउने सम्भावना छ : सीके राउत

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १० गते २०:००

१० माघ, काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतले देशमा दुई दलीय व्यवस्था लाद्ने षड्यन्त्र भइरहेको बताएका छन् । बिहीबार काठमाडौंमा गजेन्द्रनारायण सिंहको २४ औं पुण्यतिथिको अवसरमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

मधेशवादी दलहरू अब एक हुने ठूलो सम्भावना रहेको बताउँदै उनले कांग्रेस–एमाले बाहेकका सबै दल सडकमा आउने सम्भावना रहेको जिकिर गरे ।

‘मधेशवादी दलहरू एकत्रित हुने ठूलो सम्भवाना छ । किनभने दुई वटा ठूला दल आपसमा मिलेर सरकार बनाएका छन् । जुनकुरा लोकतान्त्रिक देशमा विरलै हुने कुरा हो,’ उनले भने, ‘मधेश केन्द्रित दलहरू मात्रै होइन, ती दुई दलहरू बाहेक अरु सबै दलहरू मिलेर सडकमा आउने सम्भावना प्रवल देखेको छु ।’

सरकारका पछिल्ला केही निर्णयहरूले दुई दलीय व्यवस्था लाद्ने षड्यन्त्र भइरहेको महसुस गरेको उनको भनाइ थियो ।

‘दुई वटा विपरित धारका दलहरू मिलेर सरकार बनाउने कुरा लोकतान्त्रिक देशमा हुँदैन । जुन किसिमका ऐनहरू अहिले संशोधन गर्न लागेका छन्, यसले के स्पष्ट हुन्छ भने यहाँ दुई दलीय व्यवस्था लाद्ने षड्यन्त्र हुँदैछ,’ राउतले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?