+
+

आयोगले माग्यो समपूरक र विशेष अनुदानका प्रस्ताव

अब समपुरक अनुदानमा कमजोर स्थानीय तहमा ८० प्रतिशत र बलियो स्थानीय तहमा २० प्रतिशत मात्र साझेदारी गर्ने गरी कानुन बनाइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १६ गते १६:४३

१६ माघ, काठमाडौं । राष्ट्रिय योजना आयोगले प्रदेश र स्थानीय तहसँग समपूरक र विशेष अनुदान अन्तर्गत सञ्चालन हुने आयोजना तथा कार्यक्रमको प्रस्ताव माग गरेको छ ।

पुरानो कार्यविधि फेर्दै दुवै अनुदानमा नयाँ कार्यविधि बनाएको आयोगले १५ फागुनभित्र प्रस्ताव पेश गर्न भनेको छ । यी आयोजना २०८२/८३ मा संघीय समपूरक अनुदान र संघीय विशेष अनुदान अन्तर्गत कार्यान्वयन हुनेछन् ।

आयोगले यसपटक राजस्व उठाउन सक्ने क्षमताका आधारमा स्थानीय र प्रदेशको वर्गीकरण गरेको छ । सोही आधारमा अनुदान पाउने हिस्सासमेत फरक–फरक हुँदैछ । यसअघि सबै क्षमताका स्थानीय तहमा ५० प्रतिशत अनुदान केन्द्रबाट जाने गरेको थियो ।

अब समपुरक अनुदानमा कमजोर स्थानीय तहमा ८० प्रतिशत र बलियो स्थानीय तहमा २० प्रतिशत मात्र साझेदारी गर्ने गरी कानुन बनाइएको छ । आयोगले विगतमा समपूरक तथा विशेष अनुदान पाएर कार्यान्वयनमा र सम्पन्न हुन बाँकी रहेका क्रमागत आयोजनालाई पहिलो प्राथमिकता दिई आयोजना/कार्यक्रम पेश गर्न समेत भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?