+
+

साहित्य क्षेत्रमा तीन वटा राष्ट्रिय पुरस्कार घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १६ गते १७:४०

१६ माघ, काठमाडौं । साहित्य क्षेत्रमा प्रदान गर्ने गरी तीन वटा राष्ट्रिय पुरस्कारको स्थापना गरिएको छ ।

मुक्तक दिवसको अवसरमा नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश विराटनगरले ‘पुरस्कार स्थापनाको घोषणा तथा मुक्तक वाचन कार्यक्रम’ नै राखेको हो ।

मनमाया दाहाल तथा उनका छोराछोरीहरूबाट नन्दलाल स्मृति साहित्य पुरस्कार घोषणा गरिएको छ । यो पुरस्कार राशि ११ हजार १११ रुपैयाँ रहेको छ ।

यसैगरी मनोहरि पोखरेल र बाबुराम पोखरेलबाट माधव–नर्वदा पोखरेल स्मृति साहित्य पुरस्कार घोषणा गरिएको छ ।  यसको राशि पनि ११ हजार १११ रुपैयाँ रहेको छ ।

यसैगरी नेपाल सरकारका सेवा निवृत्त सहसचिव एवम् साहित्यकार सीताराम पोखरेलबाट नन्दकुमारी पोखरेल स्मृति साहित्य पुरस्कार  स्थापना गरिएको छ । यो पुरस्कारको राशि १५ हजार रुपैयाँ रहेको छ ।

आयोजक संस्थाका अध्यक्ष कवि एवम् समालोचक बाबुराम पोखरेलका अनुसार हरेक वर्ष पुरस्कार प्रदान गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?