 
																			२२ माघ, धनगढी । कैलालीमा प्रहरीले साढे पाँच लाख बढी मूल्य पर्ने अवैध आईफोन बरामद गरेको छ ।
सोमबार धनगढी उपमहानगरपालिका–२ को आदर्श चोकबाट भन्सार छली गरी भित्र्याइएका अवैध आइफोन बरामद गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कविन्द्रसिंह बोहराले भारतबाट भन्सार छलेर ल्याइएका पाँच लाख ७१ हजार पाँच सय बराबरको पर्ने आईफोन, बरामद गरिएको बताए ।
उनकाअनुसार भन्सार छली गरि ल्याइएको पाँच वटा आइफोन ११ मोडल, एउटा एक्सआर मोडल, एउटा आइफोन ७ मोडल तथा आइफोन कभर र डाटा केबल समेत बरामद गरिएको छ । बरामद गरिएको आइफोन आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालयमा बुझाइने प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpeg) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4