 
																						२८ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले सदनमा कृष्ण सेन इच्छुकको कविता गुनगुनाएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा बोल्दै सांसद श्रेष्ठले नागरिको अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्न सरकारले सामाजिक सञ्जाल नियन्त्रण विधेयक ल्याएको सन्दर्भ जोड्दै इच्छुकको कविता सम्झिएका हुन् ।
सरकार अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न तम्सिएको बताएको श्रेष्ठले यतिबेला नागरिकहरू इच्छुकको कविता गुनगुनाइरहेको छन् भन्दै कविता वाचन गरे ।
‘हाम्रा विचारहरूमा प्रतिबन्ध लगाउँदै
हाम्रा ओठहरूमा ताल्चा झुन्ड्याउँदै
तिमी भन्छौ, गाउन त गाउ तर यो गीत नगाउ
हामी भने त्यही गीत गाइरहन्छौं ।’
त्यसअघि उनले गंगालाल र धर्मभक्तले लडेको अभिव्यक्ति स्वतन्त्रताको लडाइ अहिले कुन बयलगाढाको चक्का खुस्किएर अड्किएको हो भन्दै सरकार बयलगाढाको चक्का लुकाउन खोजिरहेको बताए ।
सरकारले नागरिकका अभिव्यक्ति कुण्ठित गर्न सामाजिक सञ्जाल नियन्त्रण विधेयक ल्याएको उनको भनाइ थियो ।
‘के हामीसँग यति धेरै जेल छन्, जहाँ सामाजिक सञ्जाल नियन्त्रण विधेयकपछिका कसुरदार राख्न सकियोस् रु’ सरकारलाई प्रश्न गर्दै उनले भने, ‘सरकार खुद्रे कुरामा लाखौं करोडौं जरिवानाको मेन्यु ल्याउँदैछ । नागरिकलाई तपाईं बढ्ता बोल्दै हुनुहुन्छ भनेर धम्क्याइरहेको छ । तर, झुठो आशा देखाउने, भ्रम फैलाउने असम्भव बाचा गर्नेहरूलाई चैं उन्मुक्ति रु’
सांसद् श्रेष्ठले सरकारले आलोचना दमन गर्नका लागि हतियार बनाएर सामाजिक सञ्जाल नियन्त्रण विधेयक ल्याएको आरोप लगाउँदै साँच्चै राम्रो नियतले ल्याइएको हो भने शक्ति र सत्ताबाट झुठ बोल्नेहरू कारबाहीको पहिलो सूचीमा पर्नुपर्ने बताए ।
 
                









 
             
                             
                             
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                .jpeg) 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4