
२ फागुन, काठमाडौं । प्रणय दिवसका दिन शुक्रबार धेरै युवायुवती आफ्ना प्रेमी जोडीसँग रमाए । कतिपयले आजकै दिन प्रेम प्रस्ताव पनि राखे। तर केही युवाहरुको समूहले भने फरक शैलीमा प्रेम दिवस मनाएको छ ।
लियो क्लब अफ काठमाडौं निर्वणामा आवद्ध युवाहरुको समूहले राजधानीको पशुपतिस्थित वृद्धाश्रममा वृद्धवृद्धाको सेवा गरेको हो। लियो क्लब अफ काठमाडौंका सदस्यहरुले वृद्धावृद्धाको हेरचाह गरेर माया साटासाट गरेका हुन् ।
लियो क्लव अफ काठमाडौं निर्वणाको आयोजनामा वृद्धवृद्धालाई राखिँदै आएको आश्रममा सरसफाइ पनि गरिएको छ। यसैगरी युवाहरुले वृद्धहरुको दाह्री-कपाल काटेर उनीहरुलाई नुहाइदिएका छन्।
कार्यक्रमका संयोजक राजन खनालले प्रणय दिवसमा फूल साटासाट गर्ने, डेटिङ जाने, डिस्को र क्याफेमा रमाउनुको सट्टा सामाजिक भावले वृद्धवृद्धाको सेवा गरेको बताए । उनले अनलाइनखबरसँग भने, ‘प्रणय दिवसमा फूल साटासाट गर्ने, डेटिङ जाने, डिस्को र क्याफेमा रमाएनौं। हामीले सामाजिक भाव पशुपतिमा रहनुभएका वृद्धवृद्धाको सेवा गरेका हौं।’
लियो क्लब अफ काठमाडौंले विगत ११ वर्षदेखि यसरी नै प्रेम दिवसको अवसरमा कार्यक्रम आयोजना गर्दै आएका छन् ।
प्रतिक्रिया 4