 
																			६ फागुन, काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो दल सत्तामा रहेपनि सरकारमा नरहेको बताएका छन् । कांग्रेस सरकार बाहिर रहेको जिकिर गरेका उनले पार्टीले खबरदारी गरिहनुपर्ने बताए ।
मंगलबार काठमाडौंमा नेपाल प्रेस युनियनका शाखा अध्यक्षहरुले राष्ट्रिय सम्मेलनका क्रममा कांग्रेसले थाहा नपाउने गरी सरकार एमालेकरण हुन लागेको आरोप लगाए । कोइरालाले भने,‘भोलिको राजनीतिमा एमालेको प्रतिष्पर्धी नेपाली कांग्रेस हो । हामीले जे कुरामा चित्त बुझ्दैन, त्यसमा खबरदारी गरेर अघि बढ्नुपर्ने आवश्यकता छ । मलाई त डर लागिरहेको छ, चिन्ता लागिरहेको छ । यो सरकार एमालेकरण त भइरहेको छैन भन्ने चिन्ता लागेको छ ।’
संयन्त्रले सरकार चलाउने कुरा कम्युनिष्टहरु र साम्यवादी देशहरुमा मात्रै हुनसक्ने भन्दै लोकतन्त्रमा त्यस्तो नहुने जिकिर गरे । केन्द्रदेखि पालिकासम्म संयन्त्रबाट शासन गर्ने र अब बिस्तारै वडामा पनि संयन्त्र बनाएर शासन गर्ने दुष्प्रयत्न भएको टिप्पणी गरे ।
नेता कोईरालाले सामाजिक सञ्जाल सम्बन्धी विधेयक मानिसको अभिव्यक्ति स्वतन्त्रताप्रति आघात पुग्नेगरी ल्याइएको बताए । ‘सामाजिक सञ्जाल सम्बन्धी जुन विधेयक छ । यो विधेयक भर्खर संसदमा गएको छ । छलफल हुनतः बाँकी नै छ । तर जसरी यो विधेयक आएको छ । र जस्ताको त्यस्तै पास भयो भने मानिसको अभिव्यक्ति स्वतन्त्रताप्रति नै आघात पुग्छ,’ कोइरालाले भने
सरकारले संसदलाई छलेर अध्यादेश ल्याउने जमर्को गरिरहेको उल्लेख गर्दै कोइरालाले अध्यादेशबाट सरकार चलाउने कार्यले लोकतन्त्रलाई अफ्ठ्यारोमा पार्ने बताए । ‘संसद बोलाउनु ६ दिन पहिला अध्यादेश ल्याइन्छ । के कारणले ल्याएको, किन अर्जेन्सी परेको हो भन्नेकुरामा सरकारले जवाफ दिनुपर्छ,’ कोइरालाले भने ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                .jpeg) 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4