+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

श्रमिक महिला दिवसमा रास्वपा नेता पुगे महिला सुधार गृह

महिला कैदीहरूको भौतिक तथा मनोसामाजिक स्थितिबारेमा अवलोकन तथा छलफल गरिएको पनि रास्वपाले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २४ गते १७:३९

२४ फागुन, काठमाडौं । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूले केन्द्रीय कारागारको महिला सुधार गृहको अवलोकन गरेका छन् ।

८ मार्चको दिन पारेर रास्वपाका केन्द्रीय नेताहरूले महिला सुधार गृहको अवलोकन तथा जेलर/सुरक्षा अधिकारी र कैदी–बन्दीहरूसँग भेटघाट/छलफल गरेका हुन् ।

रास्वपाले जनाएका अनुसार संघीय सांसद डा. तोसिमा कार्की, केन्द्रीय कोषाध्यक्ष लिमा अधिकारी, केन्द्रीय सदस्य कुसुम महर्जन, ललितपुर जिल्ला उपसभापति प्रभा कार्की, ललितपुर महानगर समितिकी राजनीतिक सल्लाहकार डा. निना रेग्मीलगायत टोलीले केन्द्रीय कारागारमा रहेका महिला कैदीहरूसँग भेट गरेर उनीहरूका समस्याबारे छलफल गरेको हो ।

महिला कैदीहरूको भौतिक तथा मनोसामाजिक स्थितिबारेमा अवलोकन तथा छलफल गरिएको पनि रास्वपाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?