+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

यौन व्यवसाय खुला गर्ने प्रस्तावको संसदमै विरोध

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ४ गते १२:०३

४ चैत, काठमाडौं । यौन व्यवसाय खुला गर्ने प्रस्तावको संसदमै विरोध भएको छ ।

सोमबार प्रतिनिधि सभामा विपक्षी दलका सांसदहरूले यस्तो प्रस्ताव आउनु नै गलत भएको बताएका छन् ।

‘हिजो सत्तापक्षका माननीयज्युले यौन व्यवसायलाई कानुन बनाएर मान्यता दिएर पर्यटकलाई आर्कषक गरेर अर्थोपाजन गरौं भन्ने कुरा यस सम्मानित सदनमा उठाउनु आपत्तिजनक छ’, माओवादी केन्द्रकी सांसद दुर्गा राईले भनिन्, ‘यस्तो चिन्तनको घोर विरोध गर्दछु ।’

आकस्मिक समय लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दिपक सिंहले यस्तो प्रस्ताव आउनु गलत रहेको बताए । ‘…यौन व्यावसाय, वेश्यालय, कोठी सरकारले नै चलाउने दिन आएको त होइन ?’ उनले सरकारलाई प्रश्न गरे ।

नेपालमा पर्यटक भित्र्‍याउन र आर्थिक विकासका लागि धेरै सम्भावना रहेको उनले बताए । नेपाल प्राकृतिक रुपमा सुन्दर रहेको, जलस्रोतमा धनी रहेको स्मरण गर्दै उनले आर्थिक विकासका अनेकन सम्भवना रहेको ख्याल गर्न सुझाए ।

आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले देशको विकासका लागि यौन व्यवसाय खुला गर्नुपर्ने बताएका थिए ।

प्रतिनिधिसभाको बैठबमा विशेष समय लिएर बोलेका घिमिरेले देशमा रोजगारी सिर्जना र आर्थिक विकासका लागि यौन व्यवसायलाई नेपालमा खुला गर्नुपर्ने बताएका थिए ।

धार्मिक पर्यटकले पैसा खर्च नगर्ने र त्यसले देशको अर्थतन्त्रमा टेवा नदिएकाले अब यौन व्यवसायतर्फ जान ढिलो गर्न नहुने उनको आग्रह थियो ।

‘यौन व्यवसायलाई खुला गरौँ। यसबाट धेरै विदेशी पर्यटक आउँछन् । धार्मिक पर्यटकभन्दा यौन पर्यटनबाट देशलाई फाइदा छ,’ घिमिरेले भनेका थिए ।

कांग्रेसको प्रमुख सचेतकको यस्तो भनाइको संसदमा विरोध भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?