विद्युतीय चुरोट (भेप) । फाइल फोटो								
											७ चैत, काठमाडौं । सिन्धुपाल्चोक प्रहरीले ठूलो परिमाणमा विद्युतीय चुरोट (भेप) बरामद गरेको छ । गएराति चीनको तातोपानी नाका हुँदै भित्रिएको ट्रकबाट ७४० पिस भेप बरामद भएको हो ।
बाह्रबिसे प्रहरी एरिया अन्तर्गतको खुर्सानीबारी अस्थायी प्रहरी पोष्टले गएराति ना ६ ख ५४९६ नम्बरको ट्रक चेकजाँचको क्रममा भेप बरामद गरेको हो ।
‘साना–ठूला बट्टामा प्याकिङ गरेको अवस्थामा ७४० पिस भेप छ, तर सिल लगाइएकाले हामीले खोल्न मिल्दैन’ प्रहरी स्रोतले भन्यो ।
उक्त भेपलाई राजश्व कार्यालयको जिम्मा लगाइने सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4