
८ चैत, काठमाडौं। सुनकोसी वाङ्मय प्रतिष्ठानले कविता वाचन कार्यक्रम गरेर विश्व कविता दिवस मनाएको छ । कवि विमल भौकाजीको प्रमुख आतिथ्यतामा शुक्रबार राजधानीमा कविता वाचन गरेर विश्व कविता दिवस मनाएको हो ।
उक्त कविता वाचन कार्यक्रममा कवि विमल भौकाजी,छविरमण सिलवाल,प्रदीप सापकोटा,हरिष कल्पित,सुमन सौरभ,हरिष कल्पित,तारा के.सी.,प्रेम थापा,गंगा खतिवडा,शशीश्री आचार्य लगायतले आआफ्ना रचनाहरु सुनाए ।
वाचित रचनाहरु समसामयिक विकृति र विसंगति विरुद्ध व्यँगचेत सहित प्रेम,सदभाव,भावनात्मक विषयहरुप्रति लक्षित थिए ।
कार्यक्रमका प्रमुख अतिथि कवि विमल भौकाजीले लेखेर लेखिने चीज सबै कविता नभएको भन्दै मनका कुरा प्रष्फुटन गर्ने उपयुक्त माध्यम कविता भएको बताए।
प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालले कार्यक्रमको अध्यक्षता गर्दैप्रतिष्ठान र यसका गतिविधिहरु बारे जानकारी दिंदै उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरे ।
प्रतिक्रिया 4