 
																			१३ चैत, काठमाडौं। अर्घाखाँचीमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
बुधबार अर्घाखाँचीको सुपादेउरालीको दर्शन गरेर फर्किंदै गरेको लु २ ख ३०३ नम्बरको बस शितगंगा नगरपालिका २ भुवनपाटास्थित गोरूसिंगे सन्धिखर्क सडकखण्डमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका इन्स्पेक्टर विष्णुप्रसाद पौडेलले जानकारी दिए ।
उनले अनलाइनखबरसँग भने, ‘ साँझ पौने ६ बजेतिर सुपादेउरालीको दर्शन गरेर फर्किंदै थियो। एक्कासी दुर्घटना भयो। चार जनाको उपचारको क्रममा मृत्यु भयो। ‘
उनका अनुसार मृत्यु हुने तीन जना महिला र एकजना पुरूष रहेका छन् । उनीहरुको पहिचान खुल्न बाँकी छ । यस्तै दुर्घटनामा परी २७ जना घाइते भएका छन् . उनीहरूलाई बुटवलमा उपचारका लागि लगिएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4