+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

गोप्य-परीक्षण काण्डले फेसबुक विवादमा

अनलाइनखबर अनलाइनखबर
२०७१ असार १७ गते १७:५१

लाखौँ प्रयोगकर्ताको गोप्य रुपमा मनोवैज्ञानिक परीक्षण गरेको खुलासा भएपछि सामाजिक संजाल फेसबुक विवादमा तानिएको छ । सम्बन्धित मान्छेको अनुमति नलिइकन तथा उनीहरुलाई थाहै नदिइकन फेसबुकले झण्डै ७ लाख फेसबुक प्रयोगकर्ताको मनोविज्ञानको परीक्षणको गरेको खबर सार्वजनिक भएको छ ।

यस्तो परीक्षण अन्तरगत फेसबुकले विभिन्न खाले बनाबटी न्यूज फिडहरु राख्ने गरेको थियो जसले प्रयोगकर्ताहरुले कस्तो खाले मनोवैज्ञानिक प्रतिक्रिया उत्पन्न गर्छन् भन्ने विषयमा नियन्त्रण कायम गर्ने उद्देश्य राखेको थियो ।

facebook

अमेरिकाको दुइ विश्वविद्यालयसँगको सहकार्यमा फेसबुकले यस्तो परीक्षण गरेको थियो । कोरनेल विश्वविद्यालय तथा क्यालिफोर्निया विश्वविद्यालयसँगको सहकार्यमा फेसबुकले गरेको उक्त परीक्षणको मुख्य उद्देश्य भने संवेगले मानिसलाई आफ्नो विद्यमान व्यवहारमा कसरी परिवर्तन गराउँछ भन्ने कुरा पत्ता लगाउनु थियो ।

मानिसहरुको गोपनीयताको हनन गर्ने खालको अपराध फेसबुकले गरेको भनि यसको व्यापक आलोचना भैरहेका बेला फेसबुकले भने आफ्नो बचाउ गर्दै फेसबुक प्रयोगकर्ताका अनावश्यक डाटाहरु संकलन नगरिएको दाबी गरेको छ ।

फेसबुकका अनुसार प्रयोग गरिएका तथ्यांकहरु कुनैपनि प्रयोगकर्ताको व्यक्तिगत फेसबुक अकाउण्ट सँग सम्बन्धित छैनन् ।

तथापि आलोचकहरुले भने फेसबुकले आफ्नो नैतिकता र व्यवसायिक धर्म विपरित प्रयोगकर्ताहरुको संवेदनासँग खेलवाड गरी यस्तो गोप्य परीक्षण गरेको तथा फेसबुकले आफ्नो शक्ति तथा क्षेत्रको दुरुपयोग गरेको आरोप लगाएका छन् । कतिपयले भने यो मामिलामा फेसबुक विरुद्ध छानविन हुनुपर्ने माग समेत गरेका छन् । फेसबुकले अध्ययनको नाममा प्रयोगकर्ताका सूचना तथा जानकारी र विचारहरु लिएर आफ्नो स्वार्थका लागि प्रयोग गर्ने जोखिम बढेको कतिपयको ठम्याइ रहेको छ ।

सन् २०१२ मा ६ लाख ८९ हजार प्रयोगकर्तामा फेसबुकले एक हप्तासम्म यो अनुसन्धान गरेको थियो । यसमा फेसबुले आफ्नो न्यूज फिडमा मानिसहरुले कस्तो प्रतिक्रिया जनाउँछन् भन्ने कुरा जाँचेको थियो । यस क्रममा के पत्ता लाग्यो भने जो फेसबुक प्रयोगकर्ताको न्यूज फिडमा नकारात्मक समाचारहरु कम आए उनीहरुले नकारात्मक पोष्टहरु कम गरे र बढि नकारात्मक न्यूज फिड आएकाले बढि नकारात्मक खाले सामाग्रीहरु आफ्नो वालमा पोष्ट गरे ।

यो अनुसन्धान टोलीका एक सदस्य एडम क्रमरका अनुसार साथीहरुका सकारात्मक पोष्ट देख्दा फेसबुक प्रयोगकर्ताहरुमा नकारात्मक भावना पलाउँछ भने साथीहरुका नकारात्मक पोष्टहरु लगातार देख्नुपर्यो भने फेसबुक प्रयोगकर्ताहरुले फेसबुकको प्रयोग नै कम गर्न थाल्छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?