
काठमाडौं । लेजेरी, क्लास एक्स र खड्का ग्रुप्सको संयुक्त प्रस्तुतिमा आयोजना हुन लागेको अमेरिका टूर अप्रिल ११ मा टेक्सास राज्यको डल्लासबाट औपचारिक रूपमा सुरु हुने भएको छ ।
मे १० मा न्यूयोर्कमा सम्पन्न हुने जनाइएको यो सांगीतिक टूरमा भेक, याबेश र बिजेनले आफ्ना चर्चित गीत प्रस्तुत गर्ने छन् । प्रमुख अमेरिकी सहरमा टूर आयोजना हुने जनाइएको छ ।
टूरले नेपाली समुदायलाई उत्साहजनक सांस्कृतिक अनुभूति दिने आयोजकको दाबी छ । डल्लासबाट सुरु हुने टूर कोलोराडो, डीएमभी क्षेत्र, ह्यारिसबर्ग, पेन्सिलभेनिया, एक्रोन, ओहायो, कोलम्बस, र न्यूयोर्कमा आयोजना हुने प्रेषित विवरणमा उल्लेख छ ।
आयोजकले टूरलाई ‘सांगीतिक तथा सांस्कृतिक उत्सव’का रूपमा लिएका छन् । उनीहरूको भनाइमा यो टुरले अमेरिकाभर छरिएर रहेका नेपाली समुदायलाई संगीतमार्फत जोड्ने प्रयास गर्नेछ ।
टूरमा सहभागी हुने सबै दर्शकलाई अविस्मरणीय अनुभवको ग्यारेन्टी आयोजक संस्थाले दिएका छन् । टूरले दक्षिणी क्षेत्रबाट सुरु गर्दै पूर्वी तटसम्मको सांगीतिक यात्रा तय गर्नेछ, जसमा विविध सांगीतिक प्रस्तुति रहने छन् ।
प्रतिक्रिया 4