+
+
WC Series
कर्णाली याक्स 2025
129/9 (20)
VS
६० बलमा ८९ रन आवश्यक
जनकपुर बोल्ट्स 2025
41/4 (9.6)
Shares

‘गाउँ फर्क’ टेलिश्रृंखला आजबाट आउँदै

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १ गते १७:००

काठमाडौं । रहर वा बाध्यताले आफ्नो जन्मभूमि छाडि अन्यत्रै कर्मभूमि बनाउन जाने युवा युवतिहरूलाई आफ्नै गाउँमा उत्पादनसँग जोडाउने उद्देश्यले तयार पारिएको टेलिश्रृंखला ‘गाउँ फर्क’ को आजबाट प्रसारणमा आउने भएको छ ।

धनकुटाको झिलिमिलेमा छायाङ्कन गरिएको टेलिश्रृंखला ‘गाउँ फर्क’ मा उजाडिएका हाम्रा गाउँ बस्तीहरू,नझेलिएका चाडपर्व, रीतिरिवाज, कला संकृतिहरूको संरक्षण र प्रवर्द्धनका लागि चरित्रको माध्यमद्वारा यथार्थ परक विषयलाई चित्रण गर्न खोजिएको छ ।

नेपाल टेलिभिजनबाट प्रसारण गरिने गरी निर्माण भए तापनि उपयुक्त समयाभावका कारण हाललाई ‘गाउँ फर्क’ युट्युब च्यानल मार्फत आज बेलुका साँझ ७:३० बजे प्रसारण गरिने जानकारी निर्माता एलबी कटवालले जानकारी दिए।

मेहनत र परिश्रमले आफ्नै गाउँबस्ति भित्र उत्पादन मूलक कार्य गरी समाज र राष्ट्रलाई आर्थिक टेवा पुर्‍याउन सकिन्छ भन्ने सन्देश मूलक उद्देश्यले तयार पारिएको यस टेलिश्रृंखलालाई बिश्वमणि घिमिरे र एलबी कटवालले संयुक्तरुपमा निर्देशन गरेका हुन्।

शंकर अधिकारी घायलको शब्द,विकास चौधरीको सङ्गीत, नारायण थापाको स्वर रहेको टेलिश्रृंखला ‘गाउँ फर्क’ मा मनमाया कटवाल, मुकुन्द मैनाली,लक्ष्मीनाथ तिमिल्सिना,अस्मिता बस्नेत, अशोक सिवाकोटी, मेलिना ठकुरी, दिवाकर घिमिरे, इच्छा सिंह ठकुरी, प्रतीक्षा काफ्ले,चन्दा भट्टराई लगायत स्थानीय कलाकारहरूको समेत अभिनय रहेको छ।

गीताञ्जली योगीको शृङ्गार, राहुल राईको छायाङ्कन रहेको टेलिश्रृंखलाको श्रृंखला निर्देशक चन्द्र भण्डारी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?