+
+
Shares

ऋग्वेदबारे नयाँ पुस्तक ‘आर्यजातिको आदिम वैदिक सामाजिक प्रणाली’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १७ गते १९:००

१८ वैशाख, काठमाडौं। वरिष्ठ पत्रकार श्याम अधिकारीद्वारा लिखित ‘आर्यजातिको आदिम वैदिक सामाजिक प्रणाली’ पुस्तक सार्वजनिक भएको छ ।

ऋग्वेदबारे नेपाली भाषामा लेखिएको एक नयाँ पुस्तक हालै सार्वजनिक भएको हो । ऋग्वेदमा आधारित भएर आर्य जातिको इतिहासलाई वैज्ञानिक भौतिकवादी दृष्टिकोणबाट नेपाली भाषामा लेखिएको यो पहिलो पुस्तक भएको सो अवसरमा अध्येता शारदा शर्मा धितालले बताइन् ।

करिब डेढ सय पृष्ठको सो पुस्तकमा आदिम समाजमा दान, यज्ञ, मातृसत्ता, समावेशिता र वर्ण व्यवस्था उपनिषदको संरचना आदि १३ उपशीर्षक रहेका छन् ।

सोही अवसरमा पोषरमण चापागाइँद्वारा लिखित सेतो मृग नामको नियात्रा पनि सार्वजनिक भएको थियो ।

प्रा.डा. बद्रीविशाल पोखरेल, डा. नन्दीश अधिकारी , डा. श्याम भट्टराई र मच्छेश्वर सापकोटा र हरि मञ्जुश्रीले पुस्तकहरुबारे टिप्पणी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?