+
+
Shares
ओटीटी :

‘ज्वाइँ साब’ ओटीटीमा रिलिज, ‘१२ गाउँ’ जेठ पहिलो साता

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १८ गते १२:२८

काठमाडौं । जितु नेपाल र नीति शाहको शीर्ष भूमिका रहेको फिल्म ‘ज्वाइँ साब’ ओटीटीमा रिलिज भएको छ । शुक्रबारदेखि यो कथानक फिल्म एमएसएम प्लाटफर्ममा स्ट्रिमिङ भएको हो ।

वसन्त निरौला निर्देशित यो फिल्म दशैंमा हलमा रिलिज भएको थियो । कमेडी जनरामा तयार भएको यो फिल्मले एकजना युवतीलाई योग्य वर छान्नका लागि गरिएको प्रतिस्पर्धाको कथा भन्छ ।

बैशाख १ गते फिल्म ‘छक्का पन्जा ५’ पनि यो प्लाटफर्ममा रिलिज भइसकेको छ । यो फिल्म पनि दशैंमा ‘ज्वाइँ साब’सँग नै हलमा लागेको थियो ।

हलमै जुधेको अर्को फिल्म ‘१२ गाउँ’ पनि एमएसएम प्लाटफर्ममा जेठ पहिलो साता आउने जनाइएको छ । समीर भट्टको डेब्यु फिल्म ‘१२ गाउँ’ २०८१ सालमा दोस्रो धेरै कमाइ गर्ने नेपाली फिल्म हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?