+
+
Shares

छुटिन् पेस्तोल पड्काउँदै नाच्ने बबी सिंह

प्रारम्भिक अनुसन्धानका क्रममा सक्कली नभइ बारुद मात्रै पड्किने खालको भएपछि उनलाई छाडिएको प्रहरीले बताएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १८ गते १८:२३

१८ वैशाख, काठमाडौं । पेस्तोल पड्काउँदै नाचेको भिडिओ भाइरल बनेपछि प्रहरी सोधपुछमा परेकी जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय सदस्य डा. बबी सिंह यादवलाई प्रहरीले छाडेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीले उनलाई सोधपुछका लागि भन्दै कार्यालयमा बोलाएको थियो । सोधपुछ गरेपछि प्रारम्भिक अनुसन्धानका क्रममा सक्कली नभइ बारुद मात्रै पड्किने खालको भएपछि उनलाई छाडिएको प्रहरीले बताएको छ ।

‘उहाँलाई सोधपुछ गर्‍यौं, पड्काएको पेस्तोल पनि बरामद भयो । तर बारुद मात्रै पड्किने खालको पेस्तोल भन्ने प्रारम्भिक अनुसन्धानबाट खुलेपछि बोलाएको बखत उपस्थित हुने गरी कागज गरेर छाडेका छौं । घटना सर्लाहीको भएकाले बाँकी अनुसन्धान उतैबाट हुन्छ,’ सप्तरीका एसपी ढकेन्द्र खतिवडाले अनलाइखबरसँग भने ।

यादवले सर्लाहीमा हल्दी–मेहेन्दी कार्यक्रममा पेस्तोल पड्काएको खुलेको थियो । पेस्तोल पड्काएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि अनुसन्धान अघि बढाइएको थियो । उनकै बयानका आधारमा सर्लाहीको मलंगवा नगरपालिका–२ का अञ्जनी कुमारको घरबाट प्रहरीले पेस्तोल बरामद गरेको थियो ।

अनुसन्धानका क्रममा नेतृ सिंहले उक्त पेस्तोल मलंगवा नगरपालिका–५ को भाँड्चौर भन्ने ठाउँमा पड्काएको खुल्यो । ११ वैशाखमा वसन्त कुमारकी छोरी कोमल सुप्रियाको हल्दी–मेहेन्दी कार्यक्रममा नेतृ सिंहले पेस्तोल पड्काएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?