+
+
Shares

नीति तथा कार्यक्रम नीरस, परम्परागत र गन्तव्यहीनः वर्षमान पुन

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १९ गते १७:३९
Photo Credit : News Agency Nepal

१९ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले सरकारको नीति तथा कार्यक्रम नीरस, परम्परागत र गन्तव्यहीन रहेको प्रतिक्रिया दिएका छन् ।

आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि प्रतिक्रिया जनाउँदै नेता पुनले विगतमा नीति स्पष्ट गर्ने गरिए पनि यसपटक नीति तथा कार्यक्रम गन्तव्यविहीन, निरस र परम्परागत देखिएको बताए ।

‘विगतमा नीति स्पष्ट गरिन्थ्यो । मूल कार्यक्रमहरू सरकारले संसदमा नै प्रस्तुत गर्ने गरिन्थ्यो । यसपटक त्यस्तो छैन,’ उनले भने ।

नेता पुनले विषयअनुसार स्पष्ट कार्यक्रम राखेपछि संसद्ले अनुमोदन गर्ने र त्यसमा बजेट राख्ने अभ्यास बदल्न खोजिएको उनले बताए ।

‘सरकार अलि गन्तव्यविहीन चलिरहेको छ, नीति पनि देखिन्छ,’ उनले भने, ‘संसद्लाई छल्न खोजेको जस्तो देखिन्छ आफूलाई मन लागेअनुसार बजेट बनाउन पनि यस्तो गरिएको हुनसक्छ,’ उनले भने ।

फरक पार्टीबाट ‘ट्युनिङ’ नमिल्ने राष्ट्रपति भएकोले पनि सरकारको नेतृत्व गरिरहेको एमालेले यस्तो नीति तथा कार्यक्रम बनाएको हुनसक्ने आशंका नेता पुनले व्यक्त गरे ।

उनले भने, ‘बजेट पनि यस्तै निरस, अमूर्त र गन्तव्यहीन आउँछ भन्ने लागेको छ ।’

नेता पुनले निति तथा कार्यक्रममा आर्थिक क्षेत्र सुधारको कुरा स्पष्ट नआएकोले सरकारले के गर्न लागेको स्पष्ट नभएको प्रतिक्रिया दिए ।

‘भर्खरै शिक्षक आन्दोलनबाट फर्किएका छन्, शिक्षा क्षेत्रमा गर्नुपर्ने थुप्रै सुधार बारे केही आएन,’ उनले भने, ‘विकास निर्माण र पूर्वाधारमा गन्तव्य दिन सकेन ।’

विगत सरकारका प्रतिबद्धता रोकिएको र यसबारे के गर्ने भन्ने स्पष्ट नपारिएको पनि उनले टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?