+
+
Shares

सिंहको प्रश्न- लेखा समितिले प्रधानमन्त्रीलाई राजाभन्दा बढी मान्यो, किन बोलाउन नसकेको ?

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २१ गते १४:३६

२१ वैशाख, काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सार्वजनिक लेखा समिति सरकारको छाया बनेको आरोप लगाएका छन् । आइतबार बसेको समितिको बैठकमा आफ्ना कुरा राख्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘लेखा समिति आजको दिनमा सरकारको छाया हो । यस्तो हुन हुँदैन । लेखा समिति संसद्को छाया हुन हुँदै हुँदैन,’ उनले भनेका छन् ।

साथै, उनले समितिको बैठकमा लेखा समितिको बैठकमा प्रधानमन्त्री र मुख्य सचिवलाई नबोलाएको भन्दै आपत्ति जनाए ।

‘मुख्यसचिव र प्रधानमन्त्रीलाई बोलाउन सकेको छैन । लेखा समितिले प्रधानमन्त्रीलाई राजाभन्दा बढी मान्छ, उसले बोलाउनै हुँदैन भन्छ,’ उनले प्रश्न गरे, ‘दुई वर्षसम्म किन प्रधानमन्त्री र मुख्यसचिवलाई बोलाउन नसकेको ?’

पहिला पहिला लेखा समितिसँग मान्छेहरू डराउने भएको भए पनि अहिले त्यस्तो वातावरण नभएको बताए ।

‘लेखा समितिले यहाँको भ्रष्टाचारलाई सहजीकरण गरिरहेको छ । कन्ट्रोल गर्नका लागि एउटै पनि काम भएको छ भने मलाई देखाउनुहोला ,’ उनले भने ।

सांसद सिंहले कुनै पनि समिति बनाउँदा तीनवटा भन्दा बढी टीओआर बनाउन नहुने पनि भनाइ राखे ।

लेखा समितिको आजको बैठकमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितताबारे छलफल भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?