+
+
Shares

भूमि विधेयक संसद्‍मा दर्ता

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २३ गते १७:०३
फाइल तस्वीर

२३ वैशाख, काठमाडौं । भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८२ प्रतिनिधिसभामा दर्ता भएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले यो विधेयक मंगलबार प्रतिनिधिसभामा दर्ता गरेका हुन् ।

यसअघि अध्यादेशबाट परिवर्तन भएका र अध्यादेशमार्फत गरिएका नयाँ व्यवस्थालाई निरन्तरता दिने गरी सरकारले विधेयक ल्याएको हो ।

यसअघि सरकारले भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश गत २ माघमा ल्याएको थियो । यो अध्यादेश ४ माघमा राजपत्रमा प्रकाशित भएको थियो । तर, संसद्‍बाट अगाडि बढ्न सकेन ।

सरकारले संसद् अधिवेशन नरहेका बेला अध्यादेश ल्याउन सक्छ । अधिवेशन सुरु भएको पहिलो बैठकमा अध्यादेश प्रस्तुत गर्नुपर्छ । यस्तो व्यवस्था अनुसार हिउँदे अधिवेशनको पहिलो दिन १८ माघ २०८१ मा यो अध्यादेश दुवै सभामा प्रस्तुत भएको थियो ।

त्यसपछि दुवै सदनबाट स्वीकृत गराएर सरकारले अध्यादेश प्रतिस्थापन विधेयक ल्याउन सक्थ्यो । तर, सत्तारुढ दलहरूकै बीचमा यो अध्यादेशलाई लिएर विवाद भएपछि सरकारले अगाडि बढाएन ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार विगतमा अध्यादेश ल्याउँदा परिवर्तन भएका र नयाँ व्यवस्थालाई नै समेटेर विधेयक अगाडि बढाइएको छ ।

भूमि सम्बन्धी विधेयकलाई प्राथमिकता दिएर अगाडि बढाउने तयारी रहेको मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?