+
+
Shares

भारतमा तीर्थयात्री बोकेको हेलिकप्टर दुर्घटना, ६ जनाको मृत्यु

१ जना गम्भीर घाइते

भारतको उत्तराखण्डको उत्तरकाशी जिल्लाको गंगनानी क्षेत्रमा बिहीबार तीर्थयात्री बोकेको हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा ६ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २५ गते १८:१३
Photo Credit : ANI

काठमाडौं । भारतको उत्तराखण्डको उत्तरकाशी जिल्लाको गंगनानी क्षेत्रमा बिहीबार तीर्थयात्री बोकेको हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा ६ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

हेलिकप्टरमा पाइलटसहित सात जना यात्रु थिए । जसमा पाँच महिला र दुई पुरुष छन् । हेलिकप्टरमा महाराष्ट्रका तीन, आन्ध्र प्रदेशका दुई र उत्तर प्रदेशका एक यात्रु रहेको प्रहरीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

दुर्घटनापछि उत्तराखण्ड प्रहरी, एसडीआरएफ, दमकल र मेडिकल टोली घटनास्थलमा पुगेको जनाइएको छ । हेलिकप्टर दुर्घटनाको कारण भने अझै खुल्न सकेको छैन ।

उत्तरकाशी जिल्ला विपद् व्यवस्थापनले बिहीबार बिहान ८:४० बजे गंगनानी नागराज मन्दिर नजिकै हेलिकप्टर दुर्घटना भएको जानकारी प्राप्त भएको जानकारी दिएको छ।

जिल्ला विपद् व्यवस्थापनका अनुसार हेलिकप्टर बिहान देहरादूनको सहस्त्रधारा हेलिप्याडबाट उडेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?