
Quick Summary
AI-generated by OK AI. Editorially reviewed.- कैलालीमा २५ वर्षीया युवतीमाथि बलात्कारको आरोपमा दुई दाजुभाइ पक्राउ परेका छन् ।
- आरोपित दाजुभाइले युवतीमाथि जबरजस्तीकरणी गरेको उजुरी परेको छ ।
- गर्भ जाँच गरेको र सो क्रममा आफू गर्भवती रहेको पीडित युवतीले बताएकी छन् ।
- प्रहरीले अनुसन्धानका लागि दुवै जनालाई नियन्त्रणमा लिएको छ ।
२८ वैशाख, धनगढी । कैलालीमा एक जना युवतीमाथि बलात्कार गरेको आरोपमा सहोदर दाजुभाइ पक्राउ परेका छन् ।
प्रहरीका अनुसार कैलालीको एक गाउँपालिका घर भएकी २५ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा सोही ठाउँका ५८ र ५३ वर्षीय दाजुभाइ पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी रणबहादुर चन्दका अनुसार आरोपित दाजुभाइले स्पष्ट बोल्न नसक्ने ती युवतीमाथि जबरजस्तीकरणी गरेको उजुरी परेको थियो ।
सोही उजुरीको आधारमा अनुसन्धानका लागि दुवै जनालाई नियन्त्रणमा लिएको उनले बताए ।
डीएसपी चन्दका अनुसार पीडित महिलाले गर्भ जाँच गरेको र सो क्रममा आफू गभर्वती रहेको बताएकी छन् ।
ती युवतीले आफूमाथि दाजुभाइले पटक-पटक जबरजस्तीकरणी गरेको उजुरी दिएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4