+
+
Shares

एकीकृत समाजवादीको युवा संगठनमा फेरि विवाद

सञ्जीव राईसहित निर्भिक खनाल, भेषराज शाह, अनिल बोगटी लगायत राजधानीमा उपलब्ध नेताहरुले तदर्थ समिति बनाउँदा बैठक र छलफल समेत नगरिएको भन्दै निर्णय सच्याउन माग राखेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २८ गते १८:५५

Quick Summary

AI-generated by OK AI. Editorially reviewed.
  • नेकपा एकीकृत समाजवादीको युवा संगठन फेरि विवादमा परेको छ।
  • विवादित निर्णयको विरोधमा असहमत पक्षले सच्याउन माग गरेका छन्।
  • संघको नेतृत्व र निर्णय प्रक्रियामा भएको विवादले संगठनलाई गलत दिशामा लैजान सक्ने आशंका व्यक्त गरिएको छ।

२८ वैशाख, काठमाडौं। नेकपा एकीकृत समाजवादीको युवा संगठन फेरि विवादित बनेको छ ।

युवा संघ नेपालका इन्चार्ज लक्ष्मण केसीले शनिबार विज्ञप्ति मार्फत् सार्वजनिक तदर्थ समितिप्रति असहमत पक्षले निर्णय सच्याउन माग गरेका छन् । इन्चार्ज केसीले रोसन थापा संयोजक र धर्म शाही र सञ्जीव राईलाई सहसंयोजक तोकेका थिए ।

तर राई सहित निर्भिक खनाल, भेषराज शाह, अनिल बोगटी लगायत राजधानीमा उपलब्ध नेताहरुले तदर्थ समिति बनाउँदा बैठक र छलफल समेत नगरिएको भन्दै निर्णय सच्याउन माग राखेका छन् ।

‘… इन्चर्ज कमरेडले युवा आन्दोलन र पार्टी विद्रोहमा महत्वपूर्ण भूमिका खेलेका साथीहरुका इतिहास र योगदानलाई किच्दै संघको नेतृत्व तोक्ने कामले संगठनको मर्म, विधिविधान, पद्दति र प्रक्रियाको खिल्ली उडाएको छ’ असन्तुष्ट पक्षको बिज्ञप्तिमा भनिएको छ, ‘युवा संघको इतिहासलाई कलंकित बनाएको छ । यस प्रकारका अभ्यासले संगठनलाई गलत दिशामा डोर्याउनेछ ।’

एकीकृत समाजवादीले यसअघि पनि युवा संघको नेतृत्वप्रति हस्तक्षेप गर्दै तत्कालीन अध्यक्ष कृष्णकुमार विश्वकर्मालाई अध्यक्ष पदबाट हटाएको थियो । गत १४ चैतमा विश्वकर्मालाई अपानिबाटै हटाएर नयाँ नेतृत्व निर्माणको जिम्मा इन्चार्ज लक्ष्मण केसीलाई दिइएको थियो ।

सोही अपानि बमोजिम केसीले भदौमा महाधिवेशन गर्नेगरी रोसन थापालाई युवा संघको संयोजक तोकेका छन् । तर इन्चार्ज केसीको निर्णयप्रति असहमत पक्षले निर्णय नसच्याए कडा कदम चाल्न बाध्य हुने चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?