+
+
Shares

सिन्धुलीमा कारको ठक्करबाट बालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३० गते १५:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बालक मन्देश सदाको कारको ठक्करबाट मृत्यु भएको छ। घटनामा संलग्न चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
  • कारको ठक्करबाट घाइते भएका बालकको मृत्यु दुधौली नगर अस्पतालमा भएको हो।
  • प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।

३० वैशाख, सिन्धुली । दुधौली नगरपालिका–८ खोरभञ्ज्याङमा कारको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

उदयपुरको कटारीबाट डकाहातर्फ आउँदै गरेको बि ए बी ०१८८ नम्बरको कारले आज ठक्कर दिँदा दुधौली–७ चिहानडाँडाका १० वर्षीय मन्देश सदाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए ।

कारको ठक्करबाट घाइते भएका सदाको दुधौली नगर अस्पताल सिर्थौलीमा मृत्यु भएको हो ।

प्रहरीले कारका चालक ३४ वर्षीय रामकुमार राईलाई नियन्त्रणमा लिइ घटनाको अनुसन्धान अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?