+
+
Shares

दाङको लमहीमा विद्युत् सबस्टेशनमा आगलागी

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३१ गते १७:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दाङको लमही नगरपालिका–५ मा विद्युत् सबस्टेशनभित्र आगलागी भएको छ। आगलागी ११ केभी प्रशारण लाइन सट हुँदा सुरु भएको हो।
  • आगलागी नियन्त्रणका लागि दमकल र वडा प्रहरीको प्रयास जारी रहेको छ।
  • आगलागीका कारण लमहीमा विद्युत् पूर्ण रुपमा अवरुद्ध भएको छ।

३१ वैशाख, दाङ । दाङको लमही नगरपालिका–५ स्थित विद्युत् सबस्टेशनमा आगलागी भएको छ । ११ केभी प्रशारण लाइन सट हुँदा आगलागी भएको हो ।

लाइन सट भएर सुरुमा सानो ट्रान्सफर्मर पड्केको र आगलागी सुरु भएको थियो ।

आगलागीस्थलमै रहेका पत्रकार शिवु खनालका अनुसार, अहिले नगरपालिकाको दमकल र वडा प्रहरीले आगलागी नियन्त्रणको प्रयास गरिरहेको छ ।

‘करिब आधा घण्टा अघिदेखि आगलागी भइरहेको छ,’ खनालले भने, ‘अहिले भर्खरै दमकल आइपुगेर निभाउने प्रयास गरिरहेको छ ।’

उनका अनुसार अहिले लमहीमा पूर्ण रुपमा विद्युत् अवरुद्ध भएको छ । सबस्टेशन नजिकै वन भएपनि हरियाली भएकाले आगो बढ्ने जोखिम कमै देखिन्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?