
News Summary
Generated by OK AI. Editorially reviewed.- महालेखापरीक्षकको प्रतिवेदनले कार्यविधि विपरीत भीआईपीहरूलाई व्यक्तिगत सुरक्षाकर्मी दिइएको उल्लेख गरेको छ ।
- गृह मन्त्रालयले कार्यविधि उल्लंघन गर्दै धेरै सुरक्षाकर्मी खटाएको र यसले नियमित काममा असर पर्ने गरेको छ ।
- सुरक्षा व्यवस्था र व्यवस्थापन कार्यविधि उल्लंघन हुँदा सुरक्षाको प्रभावकारिता र संसाधनको दुरुपयोग हुन सक्ने खतरा देखिएको छ ।
१ जेठ, काठमाडौं । कार्यविधि विपरीत भीआईपीहरूलाई पर्सनल सेक्युरेटी अफिसर (पीएसओ) दिइएको खुलेको छ ।
महालेखापरीक्षकको ६२औं प्रतिवेदनले कार्यविधि विपरीत व्यक्तिगत सुरक्षाकर्मी (पीएसओ) दिइएको औंल्याएको हो । विशिष्ट व्यक्तिहरूको सुरक्षा र व्यवस्थापन कार्यविधि, २०८१ मा भीआईपी व्यक्तिलाई दिइने सुरक्षाकर्मीबारे उल्लेख छ ।
उक्त कार्यविधिअनुसार बहालवाला अति विशिष्ट तथा विशिष्ट व्यक्तिलाई ३४६, पूर्व पदाधिकारीलाई १३०, संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ अनुसार ३० गरी ५०६ जना खटाउन सकिने उल्लेख छ ।
तर गृह मन्त्रालयले यो वर्ष बहालवाला विशिष्ट व्यक्तिहरूको वैयक्तिक सुरक्षामा नेपाल प्रहरीबाट ५९७ र सशस्त्र प्रहरीबाट ३७७ गरी ९७४ सुरक्षाकर्मी खटाएको औंल्याएको छ ।
यसरी कार्यविधि विपरीत सुरक्षाकर्मी खटाउँदा यति नियमित काममा भने जनशक्ति कम भएर असर पर्ने गरेको छ ।
प्रतिक्रिया 4