
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ।
- पेट्रोलमा १ रुपैयाँ र डिजेलमा ३ रुपैयाँ मूल्य घटाइएको छ।
- मूल्य घटाउने निर्णय आज राति १२ बजे देखि लागू हुनेछ।
१ जेठ, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।
नेपाल आयल निगमका अनुसार आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाइएको हो ।
जस अनुसार पेट्रोलमा १ र डिजेल–मट्टितेलमा ३ रुपैयाँले मूल्य घटाइएको छ । पेट्रोलको मूल्य अब काठमाडौं, दिपायल र पोखरामा १ सय ५४ रुपैयाँ ५० पैसा, सुर्खेत र दाङ क्षेत्रमा १ सय ५६ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा १ सय ५७ रुपैयाँ मूल्य कायम भएको छ ।
डिजेलको मूल्य काठमाडौं, दिपायल र पोखरामा १ सय ३९ रुपैयाँ ५० पैसा, सुर्खेत र दाङ क्षेत्रमा १ सय ४१ रुपैयाँ कायम भएको छ । त्यस्तै, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा १ सय ४२ रुपैयाँ मूल्य कायम भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4