+
+
Shares

पर्सामा नाला निर्माणको शिलान्यास गर्दै मन्त्री यादवले भने– अब डुबानको समस्या हट्नेछ

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ४ गते १०:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पर्साको वीरगञ्ज महानगरपालिकामा जल निकासी सुधार गर्न एक हजार २५६ मिटर लामो नाला निर्माणको शिलान्यास भएको छ।
  • मन्त्री प्रदीप यादवले नाला र ढल निर्माणले वर्षातको समयमा डुबानको समस्या समाधान हुने र सडकको व्यवस्था सुधार हुने बताए।
  • १ करोड ७२ लाख रुपैयाँ निर्माण लागत रहेको यस परियोजनाले सो क्षेत्रको जल निकासी र सवारी आवागमनमा सहजता ल्याउने अपेक्षा गरिएको छ।

४ जेठ, पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका–१८ सुप्चैना र वडा नं. २१ को परवानीपुर क्षेत्रमा जल निकासी प्रणालीमा सुधार ल्याउने र डुबानको समस्या हटाउने उद्देश्यले एक हजार २५६ मिटर लामो नाला निर्माणको शिलान्यास भएको छ । खानेपानी मन्त्री प्रदीप यादवले आज आफ्नो निर्वाचन क्षेत्रभित्र नाला र ढल निर्माणको शिलान्यास गरेका हुन् ।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले ढल र नाला निर्माण सम्पन्न भएपछि सो क्षेत्रमा वर्षातको समयमा हुने डुबानको समस्या पूर्णरुपमा समाधान हुने र सवारी आवागमनमा समेत सहजता आउने बताए ।

‘नाला तथा ढल निर्माणपछि यो क्षेत्रको जल निकासी प्रणाली सुधार हुन्छ र सडक व्यवस्थित हुने छ,’ उनले भने ।

मन्त्री यादवले स्थानीय पूर्वाधार विकासलाई प्राथमिकता दिँदै नागरिकको दैनिक जीवन सहज बनाउन यस्ता आयोजना निकै महत्वपूर्ण रहेको समेत बताए । उनले विकासको निर्माणमा सबै पक्षको सहयोग र सहकार्य आवश्यक रहेकोमा जोड समेत दिए । ‘खानेपानी तथा ढल निकासको क्षेत्रमा निकै उल्लेख्य कामहरु भएका छन् । नागरिकको दैनिक जीवन सहज बनाउन सरकार पूर्णप्रतिबद्ध छ,’ उनले भने, ‘विकास निर्माणको कार्यमा सबै पक्षको सहकार्य आवश्यक छ ।’

शुद्ध खानेपानी वितरण, नाला तथा ढलान निर्माणजस्ता जनताको प्रत्यक्ष जीवनसँग जोडिएका सेवा सुविधाहरूलाई प्राथमिकतामा राख्दै ती कार्य समयमै सम्पन्न गर्न समेत मन्त्री यादवले सम्बन्धित निकायलाई निर्देशन दिए ।

वीरगञ्ज महानगरपालिका–२१ का वडाध्यक्ष राधेकृष्ण साह रौनियारका अनुसार एक करोड ७२ लाख रुपैयाँ लागतमा निर्माण गर्न लागिएको नाला तथा ढल वडा नं १८ सुप्चैनादेखि वडा नं २१ परवानीपुरसम्म पुग्ने छ । यो एक हजार २५६ मिटर लामो हुनेछ ।

उक्त नाला तथा ढल निर्माण सम्पन्न भएपछि सहजरुपमा पानी निकास हुने र डुबानको समस्या हट्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?