+
+
Shares

डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु, स्वास्थ्यकर्मी गम्भीर घाइते

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ६ गते ७:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डोटीमा चट्याङ लागेर ४० वर्षीया देउमती साउँदको मृत्यु भयो।
  • अस्मिता ओली विष्ट गम्भीर घाइते भएकी छन्।
  • घटना सोमबार साँझ पूर्वीचौकी गाउँपालिका–२ मा भएको हो।

६ वैशाख, धनगढी । डोटीमा चट्याङ लागेर महिलाको मृत्यु छ भने एक जना महिला स्वास्थ्यकर्मी गम्भीर घाइते भएकी छन् ।

पूर्वीचौकी गाउँपालिका–२ वाडीमा चट्याङ लागेर सोही ठाउँ बस्ने ४० वर्षीया देउमती साउँदको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी आफ्नै घरको झ्यालमा बसिरहेको अवस्थामा सोमबार साढे ५ बजेतिर चट्याङले लागेको थियो । गम्भीर घाइते भएकी उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल डोटी लगिएको थियो तर चिकित्सकले मृत घोषणा गरेका थिए ।

यस्तै, चट्याङ लागेर सोही ‍ठाउँको बगलेक स्वास्थ्य चौकीमा कार्यरत अनमी ३६ वर्षीया अस्मिता ओली विष्ट पनि गम्भीर घाइते भएकी छन् । उनलाई थप उपचारका लागि धनगढी ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?