
फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- वसन्त ऋतुको आरोहण सिजनमा अहिलेसम्म ३९५ जना आरोहणकर्ताले सगरमाथाको सफल आरोहण गरेका छन् ।
- पर्यटन विभागले जनाएको अनुसार १ सय ५३ जना आरोहण अनुमति लिएका र २ सय ३५ जना शेर्पा सहयोगी रहेका छन्।
- यस वर्ष सगरमाथाका लागि ४७ समूहका ४६८ जना आरोहण अनुमति प्राप्त भएका छन्।
६ जेठ, काठमाडौं । वसन्त ऋतुको जारी आरोहण सिजनमा अहिलेसम्म ३ सय ९५ जनाले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।
तीमध्ये १ सय ५३ जना आरोहण अनुमति लिएका आरोही र २ सय ३५ जना शेर्पा सहयोगी रहेको पर्यटन विभागले जनाएको छ । ७ आरोही भने डोरी टाँग्ने समूहका हुन् ।
विभागका अनुसार यस वर्ष सगरमाथाका लागि मात्र ४७ समूहका ४ सय ६८ जनाले आरोहण अनुमति लिएका छन् । सगरमाथा सहित २७ हिमालमा यो सिजनका लागि १ सय २७ समूहका १ हजार १ सय ६८ जनाले आरोहण अनुमति लिएका छन् ।
अहिले सगरमाथामा धमाधम आरोहण जारी छ । सगरमाथामा यो वष ५७ देशका आरोहीले अनुमति लिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4