
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेको धनुषा जिल्ला अधिवेशन आज पुनः हुँदैछ।
- अधिवेशनमा अध्यक्ष पदका लागि भोला यादव र लक्ष्मीनारायण यादव उम्मेदवार छन्।
- ६२८ प्रतिनिधिले मतदानमा भाग लिनेछन्।
७ जेठ, जनकपुरधाम । विवादपछि स्थगित भएको नेकपा एमालेको धनुषा जिल्ला अधिवेशन आज पुनः हुँदैछ । आज नेतृत्व चयनको लागि मतदान हुँदैछ । आज बिहान ११ः२० बजेदेखि मतदान सुरु भएको हो ।
जनकपुरको महेन्द्ररायण निधि सांस्कृतिक कला केन्द्रमा दिउँसो सवा २ बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ । अधिवेशनमा अध्यक्ष पदका लागि भोला यादव र लक्ष्मीनारायण यादवको उम्मेदवारी परेको छ ।
अधिवेशनबाट पाँच पदाधिकारीसहित १३५ सदस्यीय जिल्ला कमिटी चयन गर्न ६२८ प्रतिनिधिले मतदन प्रक्रियामा भाग लिने जनाएको छ ।
उपाध्यक्ष पदमा जयप्रकाश सुनरैत यादव र तेजनारायण यादव उम्मेदवार छन् भने सचिव पदका लागि दिप नारायण ठाकुर (दिपन) र धिरेन्द्र कुमार मण्डलले उम्मेदवारी दिएका छन् ।
उपसचिव पदमा विक्रम थापा, सुरेश ठाकुर र हरि किशोर यादवले उम्मेदवारी दिएका छन् ।
महिलातर्फको उपसचिव पदका लागि किरण कापर, रुका कुमारी मिश्र र सारदा घिसिङ प्रतिस्पर्धामा छन् ।
गत वैशाख २३ गते अन्तिम नामावली प्रकाशनको विषयमा दिनभर झडप भएको थियो । त्यसमा ५ जना घाइते समेत भएका थिए ।
अध्यक्ष पदका उम्मेदवार भोला यादव रघवीर महासेठ पक्षका छन् भने लक्ष्मीनारायण यादव केन्द्रीय सदस्य उमाशंकरहरिया मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पक्षका हुन् । झडपपछि मतदान स्थगित भएको थियो ।
प्रतिक्रिया 4