+
+
Shares
बलिउड :

‘हाउसफुल ५’को ट्रेलर : ६९ अर्ब पाउण्डको हकदार को होला ?

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १३ गते १८:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ’हाउसफुल ५’ को ट्रेलर ६ जून २०२५ मा रिलिज भएको हो।
  • फिल्ममा अक्षय कुमार, अभिषेक बच्चन, संजय दत्त लगायत १९ जना स्टार छन्।
  • फिल्मको बजेट ३७५ करोड भारु र निर्देशक तरुण मनसुखानी हुन्।

काठमाडौं । लामो प्रतिक्षापछि, बलिउड फिल्म ’हाउसफुल ५’ को ट्रेलर रिलिज भएको छ । अक्षय कुमार, अभिषेक बच्चन, संजय दत्त, ज्याकी श्राफ, नाना पाटेकरदेखि ज्याकलिन फर्नान्डेजसम्मका स्टारहरूले भरिएको यो फिल्म अर्को महिना हलमा आउनेछ ।

३ मिनेट ५३ सेकेन्डको भिडियोमा, तपाईंले कमेडीदेखि सस्पेन्ससम्म मनोरञ्जनको खुराक पाउनुहुनेछ ।

ट्रेलर ६९ अर्ब पाउण्डका मालिक रञ्जीत दोबरियाको परिचय र समुन्द्रमा तैरिरहेको ठूलो जहाजबाट सुरु हुन्छ । आफ्नो १०० औं जन्मदिनमा रञ्जीतले उक्त जहाजलाई आफ्नो पार्टी गर्ने थलो बनाइदिएका छन्, ताकि उनले बिल घोषणा गर्न सकून ।

यसपछि, अनुभवी अभिनेता रंजितको झलक देखिन्छ । उनले आफ्नो सम्पत्तिको वास्तविक मालिक आफ्नै बच्चा रहेको बताउँदै उनको नाम जोली रहेको बताउँछन् ।

तर कुरा के हो भने रितेश देशमुख पनि जोली हुन् । अभिषेक बच्चन पनि जोलीको रुपमा छन् र अक्षय कुमार पनि जोली हुन् । अब उनीहरूमध्ये ७९७ करोड भारु (६९ अर्ब पाउण्ड)को उत्तराधिकारी को बन्छ भनेर हेर्न रोचक हुनेछ ।

१९ जना स्टार अभिनित यो फिल्म अहिलेसम्म बनेको सबैभन्दा ग्ल्यामरस कमेडी हो । फिल्मको नेतृत्व कमेडीका बादशाह अक्षय कुमारले गरिरहेका छन् ।

उनीसँगै रितेश देशमुख, अभिषेक बच्चन, ज्याकलिन फर्नान्डिज, सोनम बाजवा, नरगिस फाखरी, सञ्जय दत्त, ज्याकी श्राफ, नाना पाटेकर, चित्रांगदा सिंह, फरदीन खान, चंकी पाण्डे, जोनी लिभर, श्रेयस तलपडे, डिनो मोरिया, रञ्जित, सौन्दर्या शर्मा, निकितिन धीर र आकाशदीप साबिर जस्ता नयाँ अनुहार पनि छन् । फिल्मलाई तरुण मनसुखानीले निर्देशन गरेका हुन् ।

मनोरञ्जनले भरिएको यो फिल्म अर्को महिना रिलिजको लागि तयार छ । यो ६ जुन २०२५ मा रिलिज हुँदैछ । फिल्मको बजेट ३७५ करोड भारु छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?