
News Summary
Generated by OK AI. Editorially reviewed.- बलिउड अभिनेत्री सोनाली बेन्द्रे र निर्देशक फराह खानले नेपाली खानाबारे रिल्स बनाएका छन्, जुन भाइरल भइरहेको छ।
- भिडियोमा नेपाली र भारतीय फ्यानहरूले रमाइलो प्रतिक्रिया दिएका छन् र सामाजिक सञ्जालमा सेयर गरिरहेका छन्।
- उक्त भिडियो ‘सेलिब्रेटी मास्टरसेफ इन्डिया’को सेटमा खिचिएको अनुमान गरिएको छ, जहाँ सोनाली अतिथिको रुपमा देखिएकी थिइन्।
काठमाडौं । बलिउड अभिनेत्री सोनाली बेन्द्रे र निर्देशक फराह खानले खानेकुराबारे नेपाली संवादमा बनाएको रिल्स अहिले भाइरल बनिरहेको छ ।
‘विनिताको फेवरेट के होला विनिता ? चाउमिन र चिकेन लालीपप । ओ माइ गड । अनि मीराको ? मम र पिज्जा… ल ।’ नेपाली खानालाई लिएर उनीहरूले रिल्स बनाएको देखिन्छ ।
भिडियोलाई उनीहरूका नेपाली र भारतीय फ्यानले ब्यापक सेयर गरिरहेका छन् । धेरैले रिल्स र टिकटकमा पनि पोस्ट गरिरहेका छन् । ममजस्ता नेपाली खानाको प्रवर्धनमा यो भिडियोले मद्दत गरेको सामाजिक संजाल प्रयोगकर्ताले उल्लेख गरेका छन् ।
एक प्रयोगकर्ताले लेखेका छन्, ‘नेपाली डायलगमा बलिउड स्टारलाई देख्दा गर्व लाग्यो ।’ अर्कोले लेखेका छन्, ‘सोनाली र फराहको यो प्रस्तुति साँच्चै रमाइलो छ ।’ धेरैले यस्तै कमेन्ट गरेको देख्न सकिन्छ ।
यो भिडियोलाई सोनाली र फराहले सेयर गरेका छन् । क्याप्सनमा सोनाली लेख्छिन्, ‘फराह खानसँग केही रोचक पाक्दैछ । अनि घरका मास्टरसेफ हुन् दिलिप । प्रतीक्षा गर्नुस ।’ यो भिडियोमा नेपाली कलाकार परमिता राणासहितका नेपालीले पनि कमेन्ट गरेका छन् ।
उक्त भिडियो फराह खान जज र होस्ट रहेको ‘सेलिब्रेटी मास्टरसेफ इन्डिया’को सेटमा खिचिएको अनुमान गरिएको छ । जनवरी २७ देखि अप्रिल २८ सम्म यो शो प्रसारणमा आएको थियो । अप्रिल १ मा प्रसारणमा आएको उक्त शोमा सोनाली अतिथिको भूमिकामा देखिएकी थिइन् ।
View this post on Instagram
प्रतिक्रिया 4