
News Summary
Generated by OK AI. Editorially reviewed.- अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेटमा सहकारीका बचतकर्ताको सुरक्षाका लागि ५ लाखसम्मको बचत सुरक्षण व्यवस्था गरेको बताए।
- बजेटले सहकारीको वर्गीकरण, एकीकरण र संरचनागत सुधार गर्ने र समस्याग्रस्त सहकारीका सम्पत्तिहरू बिक्री गरेर रकम फिर्ता गर्ने व्यवस्था गरेको छ।
- सहकारीका बतकर्ताको रकम फिर्ता गर्न स्थापना कोषमा सरकारले बीउ पुँजी राख्ने पनि उल्लेख गरिएको छ।
१५ जेठ, काठमाडौं । कर्जा तथा निक्षेप सुरक्षणमार्फत सहकारीका ५ लाखसम्मका बचतकर्ताको बचतको सुरक्षण गरिने भएको छ ।
आगामी आर्थिक वर्षको बजेट पढेर सुनाउँदै अर्थमन्त्री विष्णु पौडेलले यसबारे जानकारी गराएका हुन् ।
त्यस्तै, सहकारीका बतकर्ताको रकम फिर्ता गर्न स्थापना कोषमा सरकारले बीउ पुँजी राख्ने पनि भएको छ ।
साथै सहकारीको वर्गीकरण र एकीकरण र संरचनागत सुधार गरिने व्यवस्था बजेटले गरेको छ ।
समस्याग्रस्त सहकारीका बचतकर्ताको निक्षेप, ऋण तथा सञ्चालकको सम्पत्ति बिक्री गरेर फिर्ता गर्ने व्यवस्था बजेटमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4