
News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले सबै प्रदेशमा अटिजम र बौद्धिक अपंगता भएका बालबालिकाको पहिचान, उपचार र पुनस्थापना सेवा सुरु गर्ने घोषणा गरेको छ।
- आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले मनोसामाजिक परामर्श र सचेतना कार्यक्रममार्फत मानसिक समस्या निराकरण गर्ने बताए।
- सरकारले काठमाडौं उपत्यका स्थित केन्द्रिय अस्पतालमा राष्ट्रिय न्युरो साइन्स केन्द्र स्थापना गरी मस्तिष्क, मेरुदण्ड तथा स्नायूरोगको उपचारको क्षमता विस्तार गर्ने योजना बनाएको छ।
१५ जेठ, काठमाडौं । सरकारले सबै प्रदेशमा अटिजम तथा बौद्धिक अपंगता भएका बालबालिकाको पहिचान उपचार र पुनस्थापना सेवा पारम्भ गर्ने भएको छ ।
आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सबै प्रदेशमा अटिजम तथा बौद्धिक अपंगता भएका बालबालिकाको पहिचान उपचार र पुनस्थापना सेवा पारम्भ गर्ने घोषण गरेका हुन् । त्यसैगरी मनोसामाजिक परामर्श र सचेतना कार्यक्रम मार्फत मानसिक कार्यक्रम मानसिक समस्या निराकरण गरिने मन्त्री पौडेलले बताए ।
सरकारले मानसिक अस्पतालको क्षमता विस्तार गर्ने भएको छ । ‘काठमाडौं उपत्यका स्थित केन्द्रिय अस्पतालमा मस्तिष्क, मेरुदण्ड तथा स्नायूरोगको उपचारका लागि राष्ट्रिय न्युरो साइन्स केन्द्र स्थापना गरिने छ,’ मन्त्री पौडेलले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4