+
+
Shares

करण चौधरी भन्छन्- बजेट स्वागतयोग्य छ, खुसी छौं

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १५ गते १७:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नाडा अटो मोबाइल एशोसियसन अफ नेपालका अध्यक्ष करण चौधरीले बजेटले युवा र उद्यमीलाई सम्बोधन गरेको बताए।
  • उनले भृकुटिमण्डपलाई अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनीस्थल बनाउने विषयलाई स्वागत गरे।
  • उनले विद्युतीकरण, डिजिटलाइजेशन र बैंकिङ प्रणालीको कार्यान्वयन महत्त्वपूर्ण हुने बताए।

१५ जेठ, काठमाडौं । नाडा अटो मोबाइल एशोसियसन अफ नेपालका अध्यक्ष करण चौधरीले आगामी आर्थिक वर्षको बजेटले युवा र उद्यमीलाई सम्बोधन गरेको भन्दै खुसी व्यक्त गरेका छन् ।

संसद् भवन परिसरमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।

आगामी आर्थिक वर्षको बजेटले विशेषगरी नाडालाई अर्थपूर्ण रुपमा सम्बोधन गरेको उनले बताए ।

‘यो बजेटले नाडालाई अर्थपूर्ण रुपमा सम्बोधन गरेको छ । अर्थमन्त्रीज्यूलाई धन्यवाद,’ उनले भने, ‘उद्यमी र युवालाई प्रोत्साहन गरेको छ ।’

उनले भृकुटिमण्डपलाई अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनीस्थल बनाउने विषयले थप खुसी मिलेको पनि बताए ।

‘हामी नाडा अटो शो गर्ने भनेर जुन ठाउँ भएन भन्दा आजको दिनमा भृकुटिमण्डपलाई अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल बनाउने भनिएको छ,’ उनले भने, ‘यो स्वागतयोग्य छ ।’

विद्युतीकरण, डिजिटलाइजेशन र बैंकिङ प्रणालीबारे कसरी कार्यान्वयन हुन्छ भन्ने महत्त्वपूर्ण हुने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?