
News Summary
Generated by OK AI. Editorially reviewed.- अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटलाई यथार्थपरक र आवश्यकतानुसार ल्याएको बताए।
- बजेटले वित्तीय अनुशासन, मितव्ययिता, र खर्च कटौतीलाई प्राथमिकता दिएको उनले बताए।
- बजेटले लगानी, उत्पादन, उद्यमशिलता र रोजगारी वृद्धिमा जोड दिएको अर्थमन्त्रीले उल्लेख गरे।
१५ जेठ, काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जनताको चाहना र राष्ट्रको आवश्यकता सम्बोधन हुने गरी यथार्थपरक बजेट ल्याएको बताएका छन् ।
‘स्रोत व्यवस्थापनको सीमाभित्र रहेर जनताको चाहना र राष्ट्रको आवश्यकता सम्बोधन हुने गरी यथार्थपरक बजेट ल्याएका छौं । बजेटले वित्तीय अनुशासन, मितव्ययिता र खर्च कटौतीलाई आत्मसात गरेको छ,’ बजेट वक्तव्यपछि संक्षिप्त प्रतिक्रिया दिँदै अर्थमन्त्री पौडेलले भने, ‘विगतका कमजोरी दोहोरिन नदिने र अर्थतन्त्रका चुनौती सामना गर्ने गरी बजेट प्रस्तुत भएको छ ।’
अर्थमन्त्री पौडेलका अनुसार बजेटले लगानी, उत्पादन, उत्पादकत्व, उद्यमशिलता र रोजगारी वृद्धिमा जोड दिइएको छ । विनियोजन कुशलतातर्फ अभिमुख भएको छ । सीमित स्रोतलाई अत्यधिक प्रतिफलयुक्त कार्यक्रम र आयोजनामा विनियोजन गरिएको छ ।
‘बजेटले उत्पादनका सबै क्षेत्रको मनोबल बढाउने छ । निजी क्षेत्रलाई लगानीका लागि उत्प्रेरित गर्ने छ । स्टार्टअप, युवा, उद्यमीलाई प्रोत्साहित गर्ने छ,’ अर्थमन्त्री पौडेलले भने, ‘सबै पक्षको साथ, सहयोग, सहकार्य र समर्थनमा बजेट कार्यान्वयन गरिने छ ।’
प्रतिक्रिया 4