+
+
Shares

कुन वस्तुमा भयो भन्सार दर हेरफेर ?

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संसद्को संयुक्त सदनमा पेस गरेको आगामी आर्थिक वर्ष २०८२÷ ८३ को बजेटले आयात हुने वस्तुमा लाग्दै आएको भन्सार दर हेरफेर गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १५ गते २२:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटमा भन्सार दर हेरफेर गरेको जानकारी दिए।
  • सार्क मुलुकबाट किसमिस, बोधिचित्तका दाना, चुकन्दर र सख्खरको भन्सार दर घटाइएको छ।
  • माल्ट बियर र ब्रान्डीमा भन्सार दर बढाइएको छ, ह्विस्की कच्चापदार्थको कर दर कायम राखिएको छ।

१५ जेठ, काठमाडौं । सरकारले विभिन्न देशबाट आयात हुने वस्तुमा लाग्दै आएको भन्सार दरमा हेरफेर गरेको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संसद्को संयुक्त सदनमा पेस गरेको आगामी आर्थिक वर्ष २०८२÷ ८३ को बजेटले आयात हुने वस्तुमा लाग्दै आएको भन्सार दर हेरफेर गरेको हो ।

यी वस्तु आयातमा भएका छन् भन्सार दर हेरफेर :

– सार्क मुलुकबाट किसमिस आयात गर्दा मूल्यको ७.२५ प्रतिशत भन्सार लाग्दै आएकोमा आगामी आवमा घटेर ६ प्रतिशतमा झरेको छ । त्यसैगरी अन्य मुलुकबाट आयात भएको किसमिसमा मूल्यको १५ प्रतिशत भन्सार लाग्दै आएकोमा १० प्रतिशतमा झरिएको छ ।

– बोधिचित्तका दाना सार्क मुलुकबाट आयात गर्दा ६ प्रतिशत भन्सार महसुल लाग्छ । यो चालु आव बराबर हो । तर, सार्क बाहेकका मुलुकबाट आयात गर्दा भन्सार दर पनि १० प्रतिशत यथावत नै छ ।

– चुकन्दरको चिनी सार्क मुलुकबाट आयात गर्दा ६ प्रतिशत रहेको छ । तर, अन्य मुलुकबाट आयात गर्दा ३० प्रतिशत रहेकोमा घटाएर १५ प्रतिशतमा झरेको छ ।

– सख्खर आयात गर्दा ३० प्रतिशत भन्सार लाग्दै आएकोमा १५ प्रतिशतमा झरेको छ ।

– चिनी, खुँदोजन्य पदार्थ आधाले घटाएर आयातमा १५ प्रतिशत भन्सर तोकिएको छ ।

– प्रतिलिटर स्पिरिट ६० रुपैयाँको ३० प्रतिशत कायम गरिएको छ ।

– माल्टबाट बनाइएको बियर आयात गर्दा प्रतिलिटर २ सय रुपैयाँ भन्सार लिइँदै आएकोमा आगामी आवदेखि ८० प्रतिशत कायम गरिएको छ ।

– प्रतिलिटर २ हजार रुपैयाँ भन्सार लाग्दै आएको ब्रान्डीमा १ सय प्रतिशत भन्सार लगाउने भएको छ ।

– ह्विस्की कच्चापदार्थमा प्रतिलिटर १ हजार ५ सय कर लाग्दै आएकोमा मूल्यको ८० प्रतिशत कायम गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?