
१७ जेठ, विराटनगर । अविरल वर्षासँगै आएको बाढीले कोशी लोकमार्गको केही सडक खण्डमा क्षति पुर्याएपछि यातायात अवरुद्ध भएको छ ।
आज बिहान करिब साढे ५ बजे लेउती खोलामा आएको बाढीले कोशी लोकमार्गको धनकुटा साँगुरीगढी गाउँपालिका– ६ फेदी भन्ने स्थानमा सडक बगाएपछि यातायात अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ध्रुवनारायण श्रेष्ठका अनुसार लेउती खोलामा आएको बाढीले करिब १०० मिटर कालोपत्रे सडक बगाएको छ । सडक बगेपछि दुवै तर्फका सवारी रोकिएका छन् ।
प्रहरीका अनुसार कोशी लोकमार्गको धनकुटा सांगुरिगढी–६ नमस्ते झरना छेउ खण्डमा रुख लडेर सडक अवरुद्ध भएको थियो ।
रुख हटाएर सडक भने खुलाएको छ । वर्षाकै कारण तमोर करिडोको सडकपनि अवरुद्ध भएको छ ।
छरुवा खोलमामा आएको बाढीका कारण धनकुटाको चौबिसे गाउँपालिका– ४ खण्ड अवरुद्ध भएको हो ।
प्रतिक्रिया 4