+
+
Shares

वसन्त नै बस्न खोज्छ यहाँ : कालजयी गीतमाथि फिल्म छायांकन

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १८ गते २१:१२
बागलुङ कालिका मन्दिरमा भैरहेको छायांकन सेटमा उपासनासिंह ठकुरी (बायाँ) र श्यामाश्री शेर्पा ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म ‘माइतीघर’ले पुरानो गीत ‘वसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’को रि-क्रिएसन थालेको छ।
  • गीतको नयाँ संस्करणको छायांकन कालिका मन्दिर परिसरमा आइतबारदेखि सुरु भएको हो।
  • फिल्मलाई दशैंको फूलपातीमा रिलिज गर्ने योजना रहेको छ र यसमा कलाकार र स्थानको विविधता छ।

बागलुङ । छायांकनरत फिल्म ‘माइतीघर’ले यसअघिको बहुचर्चित गीत ‘वसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’को रि-क्रिएसन थालेको छ । गीतलाई नयाँ कम्पोज र नयाँ कलाकारको अभिनयसहित आइतबारदेखि यहाँको प्रसिद्ध कालिका मन्दिर परिसरमा छायांकन थालिएको हो ।

उक्त गीत २०२३ सालको पुस १ गते प्रदर्शनमा आएको निजी क्षेत्रबाट निर्माण भएको पहिलो फिल्म ‘माइतीघर’मा समावेश थियो । रोहित अधिकारीले निर्माण थालेको सोही नामको नयाँ फिल्मले समेत उक्त गीत समावेश गरेको छ ।

गीतमा अभिनेत्रीद्धय उपासनासिंह ठकुरी र श्यामश्री शेर्पाको नृत्य हेर्न सकिन्छ । उनीहरुसँगै यो गीतमा ५० बढी कोरसलाई समेत प्रस्तुत गरिएको छ ।

५८ वर्ष अघिको फिल्ममा समावेश सो गीत अहिले पनि कालजयी छ । गीतमा सञ्जिवनीको स्वर, किरण खरेलको शब्द र जयदेवको संगीत छ । कमल राइले नृत्य निर्देशन गरेका छन् ।

फिल्म ‘माइतीघर’लाई दशैंको फूलपातिबाट रिलिज गर्ने घोषणा निर्माताले गरेका छन् । मिलन तामाङले निर्देशन गरिरहेका छन् । सुसन प्रजापतिको छायांकन रहेको फिल्ममा रोहित अधिकारी, रविन शेरचन र धीरज तामाङको लगानी छ । कार्यकारी निर्माता ईश्वर श्रेष्ठ र निरज कटुवाल हुन् ।

यो फिल्ममा केदार घिमिरे, धीरज मगर, प्रकाश सपुत, युवराज लामा, बुद्धि तामाङ, शिशिर वाङ्देलको पनि अभिनय छ । छायांकन म्याग्दीको ताकम धारापानी र दरबाङ गाउँमा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?