
२१ जेठ, सुर्खेत । कर्णाली प्रदेशको नीति तथा कार्यक्रम आज (बुधवार) प्रस्तुत हुँदैछ । आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत हुने भएको हो ।
सरकारकातर्फबाट सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले नीति तथा कार्यक्रम पेस गर्नेछन् । आज दिउँसो ३ बजेको प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका सूचना अधिकारी राजेन्द्र पौडेलले जानकारी दिए ।
कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशी आँखाको उपचारका लागि अमेरिका गएपछि सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख मियाँले कर्णाली प्रदेश प्रमुखको कार्यभार सम्हालेका थिए ।
नीति तथा कार्यक्रम पारित भएपछि असार १ गते बजेट ल्याउने तयारी सरकारको छ ।
प्रदेश सरकारले आगामी नीति, कार्यक्रम तथा बजेट ‘समृद्ध कर्णाली : सुखारी कर्णाली’वासीको दीर्घकालीन सोच कार्यान्वयन गर्न भौतिक सुविधा, सम्मानजनक रोजगारी, उच्च आर्थिक वृद्धिमा केन्द्रित गराउने प्रि बजेटमा दाबी गरेको छ ।
प्रतिक्रिया 4