
News Summary
Generated by OK AI. Editorially reviewed.- हुम्लाको लिमी उपत्यका पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदैछ।
- विकट भौगोलिक अवस्थाका बाबजुद, पर्यटकहरूले यसलाई \'स्वर्ग\'को रुपमा वर्णन गर्छन्।
- अध्ययनले ६ दिनमा ७२० वटा वनघोडा भेटिएको पुष्टि गरेको छ।
२१ जेठ, हुम्ला (लिमी) । हुम्लाको हिमाली क्षेत्र नाम्काको लिमी उपत्यका पर्यटकी क्षेत्रका रुपमा विकास भइरहेको छ ।
भौगोलिक रुपमा विकट भएकोले त्यहाँ पुग्न अप्ठेरो छ। तर, पुगेर फर्किनेहरूले लिमी भ्यालीलाई ‘स्वर्ग’को रुपमा बयान गर्छन् ।
उपत्यका, त्यहाँका बस्ती र हिउँको दृश्यले पर्यटकलाई लोभ्याउँछ । यसका साथै उपत्यकामा ठूलो संख्यामा भेटिने हिमचितुवा, चौरी र वनघोडाले पनि पर्यटकलाई आकर्षित गर्छन् ।
यो समयमा लिमी उपत्यका आसपासमा ५/७ सय वनघोडाका बथान भेटिन्छन् । वन घोडा पाइने लिमी क्षेत्र नाम्खा गाउँपालिका-६ मा पर्छ ।
वनघोडा ३८०० देखि ५००० मिटर उचाइमा भेटिन्छन् । नाम्खाको लुङलिङ्ग (३८००) देखि लिमी लाप्चा (५००० मिटर) मा वनघोडा भेटिएका हुन् ।
अध्ययन अनुसार ६ दिनको अवधिमा त्यहाँ ७२० वटा वनघोडा भेटिएका छन् । उकाली प्रोजेक्टका रिन्जिन फुन्जोक लामाले आफूहरूले अध्ययन गरेको बताए ।
यो बाटो मानसरोवर-कैलाश दूरदर्शन गर्न जाने बाटो हो । नाम्खा गाउँपालिकामा ठूलो मात्रमा हिउँचितुवा पनि भेटिने गरेका छन् ।
सबै तस्वीरहरु : नरजन तामाङ ।
प्रतिक्रिया 4