
२२ जेठ, काभ्रेपलाञ्चोक । काभ्रेमा बाबुला बोकेको टिपरमा आगलागी भएको छ ।
पाँचखाल नगरपालिका-५ तल्लो जिपलाइनस्थित अरनिको राजमार्गमा बा२क ६१२५ नम्बरको टिपरमा आगलागी भएको हो ।
एक्कासी गति बढ्न थालेपछि चालक नवराज सिवाकोटीले टिपर रोकेर पम्पको तार र फ्युज निकाल्न लाग्दा आगलागी भएको प्रहरीले बताएको छ ।
आगलागी राति साढे १ बजे नियन्त्रणमा आएको थियो । टिपर पाँचखालबाट भक्तपुर जाँदै थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4