+
+
Shares

भृकुटीमण्डपमा मह मेला सुरु

मेलामा विभिन्न तरिकाले उत्पादन भएको मह, महका चाका, घारसमेत प्रदर्शनीमा राखिएको छ । भिर मौरी, घार मौरी, वन मौरी लगायत जातीका मौरीबाट उत्पादित मह मेलामा राखिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २२ गते १८:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको भृकुटीमण्डपमा छैटौं मह मेला आजदेखि सुरु भएको हो।
  • कृषिमन्त्री रामनाथ अधिकारीले महमा गुणस्तर कायम गर्न आवश्यक रहेको बताए।
  • नेपालमा वार्षिक ५ हजार टनभन्दा बढी मह उत्पादन हुने गरेको छ।

२२ जेठ, काठमाडौं । राजधानीको भृकुटीमण्डपमा आज बिहीबारदेखि छैटौं मह मेला सुरु भएको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मह मेला उद्घाटन गरे ।

‘आत्मनिर्भर मौरी व्यवसायी, सक्षम, सुदृढ महासंघ, नेपाली मौरीजन्य उपजको संसारभर पहिचान’ भन्ने नारासाथ मह मेला सुरु भएको हो । २४ जेठसम्म मेला चल्ने नेपाल मौरीपालक महासंघले जनाएको छ ।

मेलामा विभिन्न तरिकाले उत्पादन भएको मह, महका चाका, घारसमेत प्रदर्शनीमा राखिएको छ । भिर मौरी, घार मौरी, वन मौरी लगायत जातीका मौरीबाट उत्पादित मह मेलामा राखिएका छन् ।

‘महमा गुणस्तर भए बजार बढ्छ’

मह मेला उद्घाटन गर्दै कृषिमन्त्री अधिकारीले महमा गुणस्तर कायम गरे आयातित महले बजार खोस्न नसक्ने बताएका छन् । ‘खुला बजारमा सबैले प्रतिस्पर्धा गर्न पाउँछ । त्यसकारण शुद्ध मह उत्पादनलाई पहिलो प्राथमिकता दिन जरुरी छ,’ उनले भने ।

बैंक तथा वित्तीय संस्थालाई मौरी किसानमा पनि लगानी गर्न आग्रह गर्दै उनले मौरीपाकलाई देखिएको चरनको समस्या समाधान गर्न पहल गर्ने बताए ।

मह उत्पादकलाई उत्पादनमा जोड दिनुपर्ने भन्दै उनले बजारको समस्या बिस्तारै हटाउन सरकारले पहल गरिरहेको बताए ।

मौरीपालक महासंघका अनुसार नेपालमा वार्षिक ५ हजार टनभन्दा बढी मह उत्पादन हुने गरेको छ । स्वदेशी मह उत्पादन बढेसँगै सरकारले हाल मह आयातमा रोक लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?